दफा ४
पानी जहाज दर्ता गर्ने
(१) देहायको कुनै व्यापारिक नेपाली जहाज यस ऐन बमोजिम नेपाल
पानी जहाज कार्यालयको पानी जहाज दर्ता किताबमा दर्ता गर्नु पर्नेछ ः–
(क) कम्तीमा पानी जहाजका ५१ प्रतिशत शेयर नेपाली नागरिक वा प्रचलित नेपाल
कानूनबमोजिम स्थापना भएको संगठित संस्थाको भएको,
(ख) खण्ड (क) बमोजिमको संगठित संस्थाको कारोबारको मुख्य स्थान नेपाल
भित्र रहेको,
(ग) पानी जहाज चलाउने संगठित संस्थाको सञ्चालनको निमित्त नियुक्त भएको
व्यवस्थापक र गठन भएको सञ्चालक समितिको बहुसंख्यक सदस्य नेपाली
नागरिक भएको,
(घ) नेपाल पानी जहाज कार्यालयको पानी जहाज दर्ता किताबमा आफ्नो पानी जहाज
दर्ता गराउन पानी जहाजका स्वामी वा सह–स्वामीहरु मञ्जुर भई दरखास्त
दिएको, र
(ङ) पानी जहाजको पहिलेको विदेशी दर्ता भए सोखारेज गरिएको ।
(२) पानी जहाज दर्ता गर्ने दस्तूर र कार्याविधि तोकिएबमोजिम हुनेछ ।
(३) पानी जहाज दर्ता गर्ने कामको निमित्त नेपाल सरकारले नेपाल राजपत्रमा सूचना
प्रकाशित गरी नेपाल पानी जहाज कार्यालयको स्थापना र रजिष्ट्रारको नियुक्ति गर्नेछ ।